Aamsanchar

प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डौ प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका राई गएको कात्तिक १६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै गठबन्धन दलका सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

आज विश्वासको मत लिने कार्यक्रमको लागि मुख्यमन्त्री राईले हिजोदेखि नै गठबन्धन दलका सांसदहरुलाई विराटनगरको एक होटलमा राख्नुभएको छ ।

नेकपा एमालेले सांसदहरुलाई विभिन्न प्रलोभन दिएर भड्काउन सक्ने शङ्कामा सांसदहरुलाई होटलमा राखिएको मुख्यमन्त्री निकटका नेताले जनाएका छन् । ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका थिए ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर