Aamsanchar

खुदुनाबारीमा देउकुमारकै चर्चा

Author Image
बुधवार, मंसिर १, २०७८

खुदुनाबारी । नेपाली कांग्रेस झापाको आसन्न चौधौं महाधिवेशन नजिकिदै गर्दा आकांक्षी उम्मेद्वारहरुले घरदैलो एवं क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।
यसै क्रममा झापाको खुदुनाबारीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य सुधिकरकुमार शिवाकोटीले नेतृत्व परिवर्तन लागि भनेर चुनावमा दौडिएका अर्को खेमाका केहि उम्मेद्वारप्रति लछित गर्दै उद्वब थापाले छोडेर देउमान थेबे सभापतिमा आउदा परिवर्तन भएन र ? भनी प्रश्न गर्नुभयो ।

‘नेतृत्व परिवर्तन चाहेको हो भने हामीले पनि त्यहि चाहेका छौ र नै थेबेलाई जिल्ला सभापतिको उम्मेद्वार बनाएक हौ’–नेता शिवाकोटीले भन्नुभयो–‘कि परिवर्तन भनेको कांग्रेसको, बीपीको राष्ट्रियता, लोकतन्त्र, समाजवादको सिद्धान्तलाई नै त परिवर्तन गर्ने होइनन् होला ?’

कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले शीर्ष नेताहरुले देउमान जी र मेरोबीचमा सहमति गराएपछि म निर्विरोध रुपमा निर्वाचित भएको कुराको साक्षी केन्द्रीय नेताहरु र आम कार्यकर्ताहरु जीवित रहेको बताउनुभयो ।

पार्टीको आन्तरिक चुनावमा कोहि कसैको प्रतिद्वन्दी नहुने बताउँदै उहाँले भन्नुभयो–‘प्रतिद्वन्दि त एमालेसङ्ग आगमी तिनै तहका चुनावमा हुन्छ र त्यसका लागि एकताका साथ तयारी अवस्थामा रहनुपर्छ । आन्तरिक निर्वाचनमा कसैको हार वा जीत हुँदैन ।’
जिल्ला सभापतिका प्रत्यासी उम्मेद्वार देउकुमार थेबेले आफुलाई रहर लागेर मात्र उम्मेद्वार बनेको नभई १३ औ महाधिवेशनमा शीर्ष नेताहरुबीच भएको भद्र सहमति अनुसार चुनावी मैदानमा दह्रो ढङ्गमा उभिएको बताउनु भयो ।

जिल्लाको नेतृत्व लिईरहदा पार्टीको शीर उचो राख्ने र मतदाताले पछुतो गर्नुपर्ने अवस्था आउन नदिने थेबेले उद्घोष गर्नुभयो । ध्रुव खातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जीवन भण्डारी र कृष्ण थापाले सञ्चालन गर्नुभएको थियो ।

कार्यकार्ता भेट्घाटमा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगरपालिका १,२,३ र ४ का अत्याधिक क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको देउमान थेबे जिताउ अभियान सचिवालयका संयोजक कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर