Aamsanchar

कलाकार सुनिल थापा बने युवा संघ नेपाल झापाको अध्यक्षमा चयन

Author Image
शनिवार, मंसिर ४, २०७८

बिर्तामोड । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् ।
झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो । सुनिल थापा झापाली कालाकार पनि हुन उनेले मोफसलका धेरै चलचित्रहरुमा अभिनय र चलचित्र निर्माण पनि गरेका छन् ।

युवा संघ नेपाल जिल्ला कमिटी झापाको उपाध्यक्षहरुमा प्रवल भण्डारी, कृष्ण लोहार, चेतन पौडेल , सचिवमा प्रतिक राजवंशी, सहसचिवहरुमा राज लावती, दिपक खनाल, विरेन्द्र राजवंशी, मोहन गुप्ता र कोषाध्यक्षमा पार्वती राजवंशी रहेका छन् ।

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र बारकोटीको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विमला देवकोटाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, झापा अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म शिवाकोटी, युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष दिपक दवाडी, प्रदेश अध्यक्ष प्रत्युस रानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका सल्लाहकार लिला बराल , प्रदेश नं. १ का उपाध्यक्ष तीर्थ सिग्देल ,अनिलदेव राई, शंकर थापा, अर्जुन मेचे, राजन थापा , गोपाल एक्तेन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य नवीन इजमले गरेका थिए ।

Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर