Aamsanchar

रोटरी बिर्तामोडले दियो विद्यालयलाई ३ कम्प्युटर ‘स्वार्थभन्दामाथि सेवा’

Author Image
शनिवार, मंसिर ११, २०७३

15174401_10154668155617822_620494596_n
बिर्तामोड ।

‘स्वार्थभन्दामाथि सेवा’ भन्ने कुरा आत्मसात गरी रोटरी क्लब अफ बिर्तामोडले मेचीनगर–१२ इँटाभट्टास्थित सरस्वती प्राथमिक विद्यालयलाई शुक्रवार एक कार्यक्रमकाबीच तीन थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष विनयराज पोखरेलले कम्प्युटर हस्तान्तरण गर्दै क्लबका सदस्यहरुबाट संकलित सहयोग रकमले खरिद गरी कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कुमार गिरीले रोटरीको ‘टिच कार्यक्रम’ बारे जानकारी गराएका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिरामोहन राजवंशी, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन राजवंशी, विद्यालयका प्रधानाध्यापक एकराज नेपाल, रोटरी क्लब अफ बिर्तामोडका कोषाध्यक्ष आमोद आचार्य, क्लबका पूर्व अध्यक्ष सुरेश बंशल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन क्लबका सदस्य शारदा प्रसाद थपलियाले गरेका थिए । रोटरी क्लब अफ बिर्तामोडले झापाका विभिन्न विद्यालयलाई शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पुग्ने गरी सहयोग गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर