Aamsanchar

समाजमा उदाहरणीय काम गर्नुहोस् : कार्की

Author Image
शनिवार, मंसिर ११, २०७८

मेचीनगर । प्रदेश न १ का सदस्य राम कार्की पार्थले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बजेटको १०/१० प्रतिशत लगानी गरे देशले केही समयमै बिकासले फड्को मार्ने बताएका छ । नेकपा माओवादी केन्द्रको देशब्यापी रुपमा भएको नगरर गाउँपालिकाको अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सदस्य कार्कीले त्यस्तो बताएका हुन् ।

बिश्वमा खाद्यान्नको अभाव शृजना भएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका स्थानीय समिति सदस्यसमेत रहेका कार्कीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाएमात्र खाद्यान्नको जोह हुने र कृषकलाई राहत पुग्ने बताएका हुन् । नेता कार्कीले लोकतन्त्र, संघीयता, समावेशी प्रजातन्त्रको बारेमा चर्चा गर्दै माओवादी पार्टीका प्रत्येक सदस्यले आफ्नो घरबाटै लोकतन्त्रको अभ्यास गर्न सुझाव दिए । सबै जात जाती धर्मसम्प्रदायलाई समान व्यबहार गर्ने र सस्तो, पारदर्शिता नै समाजवाद भएको उनको भनाई थियो । कार्कीले समाजबाटै आफुलाई माओवादीको रुप चिनाउने खालका उदाहरणीय काम गर्न पनि स्थानीय नेतालाई सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी कार्कीले एमाले, कांग्रेस परित्याग गरेका ३५० बढी नवप्रवेशिलाई खादा र अबिर लगाएर स्वागत गराएका थिए ।

नगर सदस्य गणेश मैनालीले बिपन्न १२ परिवारलाई स्वास्थ्य बिमा गराउन बिमा शुल्क दिए । कार्यक्रममा मेचीनगर –१२ का अध्यक्ष नरेन्द्र धिमाल, इन्दिरा कार्की लगायतले सम्बोधन गरेका थिए ।
स्मिता बुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन राजु दाहाल गरेका थिए ।

Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर