नयाँ अनि रमाईलो ठाउँ घुम्ने रहर सबैलाई हुन्छ, तर सबैलाई नयाँ गन्तव्यको बारेमा थाहाँ नहुनपनि सक्छ । फरक परिवेस भिन्न विभिधता भएको कतीपय ठाउँहरु अझै पनि प्रचारमा आउन सकेको छैन। प्रचारमा नआएकै कारण एकै ठाउँमा पटक पटक पुगेर रमाईलो अनुभव महसुस गर्नुपर्ने बाध्यता रहने गरेको छ । पूर्वमा प्रचारमा आएका औंलामा गन्न सक्ने रमणिय स्थलहरु रहेका छन् । तर ति स्थान भन्दा शुन्दर र शान्त वातवरणिय स्थलहरु दर्जनौं छन् । तर उचित प्रचार नपाएकै कारण ओझेलमा परेका छन् । आज हामि त्यस्तै ओझेलमा परेको तर प्राकृतिक र सामाजिक हिसावले अत्यन्तै भिन्न ठाउँको बारेमा जानकारी दिने जमर्को गरेका छौं ।
इलाम जिल्लाको रोङ गाउँपालिका–५ स्थित एउटा यस्तो ठाउँ रहेको छ । जुन ठाउँ हो चिसापानी । सोही ठाउँमा रहेको रमणिय स्थान भोटेडाँडा । भोटेडाँडा कुनै भिर र थुम्को होईन, लाग्छ चाईनाको ग्रेटवाल । दुर्व तर्फ भिर बिचमा बाध झै बनेको भूबनोट नै चिसापानीको मुख्य आर्कषर्ण हो । अन्य विशेष्ताहरुमा टोपी उढाउने हावाको वेग, चारैतिर अग्ला पहाड, पहाडीक्षेत्रहरु हासपोखरी, मझुवा, ढोडेनी, पिउरे, गौडा, जौबारी, जिर्मले, रोङवेङ, झापाका सहरहरु दमक, बिर्तामोड, भद्रपुर, कांकडभिट्टा, छिमेकी देश भारतको पानीटंकी, नक्सल, बागडुग्रा र सिलिगुडी सहरलाई प्रष्ट देख्न सकिन्छ । अलैंची र अम्रिसो घारीमा लुकामारी गर्दै आखा चिम्म नगरी हेरिरहँु जस्तो लाग्ने हरियाली पाखा, कपासझै उडीरहने बादल र निलो गगनले व्याट्री सकिने गरी फोटो खिच्ने बनाई दिन्छ चिसापानीले ।
कसरी पुग्न सकिन्छ चिसापानी
चिसापानी पुग्नको लागि धेरै बाटोहरु रहेको छ । मुख्य गरेर झापाको उत्तरी सिमा शान्तिनगर हुदै जाँदा बाटो सहज छ । धुलाबारीबाट सिधै उत्तर, बर्ने चिया बगानबाट पूर्व लाग्दा पहिला टिमाई भुटानी क्याम्प भएको ठाउँ पुगिन्छ । त्यहाँ पुगेपछि पुर्व तिर रहेको टिमाई खोलाको पुल तरेर अझ पूर्व लाग्दा शान्तिनगर पुगिन्छ, शान्तिनगर पुगेपछि यात्रालाई उत्तर तर्फ मोडनु पर्छ । करिव ३ किलो मिटर सामान्य उकालोबाटो हुदै अघी बढदा झापा–इलामको सिमा क्षेत्र गांैडा भन्ने ठाउँमा पुगिन्छ । गौंडा पनि एक रमणिय ठाउँमा पर्छ । गौडाबाट पैदल जाने हो भने करिव डेढ घण्टा, मोटर साईकल वा चारपाग्रे फोरविल गाडीको यात्रा गर्दा करिव ३० मिनेटमा पुग्न सकिन्छ चिसापानी भोटेडाँडा ।
चिसापानी प्राकृतिक दृष्टिकोणले मात्र होईन, सामाजिक हिसावले पनि भिन्न पहिचानको रहेको छ । राई जातीहरुको बसोबास रहेको चिसापानीमा जम्मा १ सय १५ वटा घर रहेका छन् । ति घरहरुमा एक सय ७ घर राई जातीको रहेको छ । चिसापानीमा राईजातीको भाषा संस्कृति जान्न र बुझनको लागि उपयुक्त स्थानमा पर्छ । आठ वटा घर लेप्चा जातीको रहेको छ । चिसापानी आसपासमा केही दलित समूदायका मानिसहरुको बसोबास रहेको छ । रोचक कुरा त चलनचल्ती अैचो पैंजो गर्दा सबैले राई भाषाबाटै कुरा गर्ने गरेका छन् ।
प्राकृतिक र सामाजिक रुपमा उत्कृष्ट ठाउँ भएपनि राजनीतिक र सरकारी क्षेत्रबाट चिसापानीको विकासमा खासै ध्यान पुग्न सकेको छैन् । आधारभूत विकास भने नभएको पनि होईन । कच्ची नै भएपनि बाटो बनेको छ, विजुलीबत्ती, मोवाईल टेलिफोन, शुद्ध खानेपानीको राम्रै व्यवस्था भईसकेको छ । तर यतीले मात्र चिसापानीको आवस्यकतालाई पुरा गर्न सक्दैन । त्याहाँका नागरिकहरुलाई गरिवीको सिमा रेखा भन्दा बाहिर ल्याउन पर्यटन विकास गर्न जरुरी देखिएको छ । चिसापानीलाई स्थानिय सरकार र नागरिकले योजनावद्ध ढंगले पर्यटन विकास गर्दै जाने हो भने इलामको श्रीअन्तु, भन्दा धेरै राम्रो बन्ने सम्भावना प्रसस्त रहेको छ । स्थानिय डिएस राईको भनाई अनुसार अन्तुको भन्दा राम्रो सूर्योदय देख्न सकिन्छ भोडे डाँडाबाट । फोटो : लोकेश अधिकारी
भिडियो पनि हेर्नुहोस् ।