Aamsanchar

वीरता जेसीजको अध्यक्षमा खड्का निर्वाचित

Author Image
शनिवार, मंसिर २५, २०७८

बिर्तामोड ।  वीरता जेसीजको अध्यक्षमा प्रविण खड्का सर्वसम्वत निर्वातिच भएका छन् । अध्यक्ष पदका लागि हिजो उम्मेदवारी दिएका दुईजना उम्मेदवारमा दिवाकारलाल चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएर सहमतीको बाटो खुल्ला गरेपछि खड्का सन २०२२ को लागि अध्यक्ष बनेका हुन् ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षहरुमा कुशल खतिवडा र युवराज कुँवर निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी रहेको थियो ।

उपाध्यक्षहरुमा बसन्त ढकाल, दिपेन धिमाल, प्रकाश थापा मगर, दिपक साह निर्वाचित बनेका छन् । त्यस्तै तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिव अनन्तलाल महतो, प्रकरण निर्देशक सुरज चौधरी, जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल निर्वाचित भएका छन् ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार मनोनित पद रहेकोले पदहस्तान्तरण कार्यक्रममा मनोनित गर्नेगरी आज निर्वाचन प्रक्रिया सम्पन्न गरिएको निर्वाचन अधिकृत मिजास पोखरेलले जानकारी दिए ।

एक व्यक्ति एक पद, एक कार्यकाल रहने विधान रहेको जेसीजमा हरेक बर्ष नयाँ व्यक्तिले नेतृत्व गर्ने अवसर प्राप्त गर्ने गरेको वीरता जेसीजका कार्यालय सचिव सञ्जय राजवंशीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर