Aamsanchar

कांग्रेस मतगणना : २ हजार ६ मत गन्दाकाे परिणाम

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौँ — कांग्रेसको सभापतिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको छ । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Views: 359

प्रतिक्रिया (०)