बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता लेडी जेसीजको १८ औं बार्षिक साधाणसभा आउँदो पुस १७ गते शनिबार हुने भएको छ। साधारण सभाले सन् २०२२ को लागि नयाँ नेतृत्व चयन गर्नेछ।
मंसिर २७ गते बसेको वर्ष २०२१ को अन्तिम बोर्ड बैठकले साधारणसभाको मिति तय गरेको हो। बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ।
वीरता लेडी जेसीजको सन् २०२१ को कार्यकालमा ५० वटा कार्यक्रमहरू संपन्न भएको महासचिव हिमा पौडेलले बताइन्। जसमा २० वटा तालिम कार्यक्रमहरु सञ्चालन भए भने अन्य कार्यक्रम हरु जेसीजको क्षेत्रगत हिसाबमा सम्पन्न भएका छन्।
२०२१ को कार्यकालमा दुई वटा दीर्घकालीन कार्यक्रम हरुको सुरुवात भएको छ। हरेक वर्ष नारी दिवशको अवसरमा झापा जिल्ला भरिका महिला संघ संस्थाहरुको साझा कार्यक्रम को रुपमा ‘उत्कृष्ट नारी सम्मान’ को सुरुवात भएको छ भने ‘झापा जिल्ला स्तरिय महिला वकतृत्वकला’ प्रतियोगिताको सुरुवात भएको छ। जसले हरेक वर्ष निरन्तरता पाउनेछ। यो वर्ष स्थानिय तहहरु सँग को साझेदारीमा धेरै कार्यक्रमहरू सम्पन्न भए भने ५० भन्दा बढी संघ संस्था हरु संग सहकार्य भएको अध्यक्ष स्वस्तिका आचार्यले बताइन्।
नेपालभरिका ३१ वटा महिला शाखाहरू मध्ये सूचना प्रविधिको उच्च प्रयोग गर्दै शाखाको गतिविधि समेटेर वेबसाइट निर्माण गर्ने पहिलो शाखा समेत बनेको छ।
कोरोनाको विषम परिस्थितिमा पनि एक महीने कोरोना सचेतना अभियान सञ्चालन गर्दै वीरता लेडी जेसीजले एकका लागि एक अभियान द्वारा संचालित अक्सिजन सिलिन्डर खरिदका लागि ६ वटा सिलिन्डर बराबरको मूल्य समेत प्रदान गरेको थियो ।
यसैबीच बैठकले महिना भरी उत्कृस्ट कार्य सम्पादन गरेको मूल्यांकन गर्दै उपाध्यक्ष मेनुका ओलीलाई ‘जेसीज अफ द मन्थ’ नोभेम्बरको अवार्ड प्रदान गरिएको छ । जेसीज सदस्यहरुलाई काममा उत्प्रेरणा जगाउने उद्देश्यले यसै वर्ष देखि ‘जेसीज अफ द मन्थ’ अवार्ड को सुरुवात गरिएको अध्यक्ष आचार्यले बताइन्।