Aamsanchar

रोटरी क्लवले हृदय रोग अस्पताल स्थापना गर्ने, मैनाली र पोखरेलद्वारा २० हजार डलर सहयोग घोषणा

Author Image
आइतवार, पौष ४, २०७८

रोटरी क्लव अफ बिर्तामोडका नव नियुक्त अध्यक्ष नविनकुमार गट्टानी ।

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको अगुवाईमा झापामा मुटु सम्बन्धि समस्याको मात्रै उपचार गर्न अस्पताल सञ्चालनमा ल्याइने भएको छ । दुईदिन अघी बिर्तामोडमा योजित पदहस्तान्तण समारोहका अस्पताल बनाउने अवधारणा अघी सारिएको थियो ।

खानपान र रहनसहनका कारण ह्दयघात (हार्ट अट्याक) का बिरामी बढ्दै गएपछि झापामा ‘हार्ट अस्पताल’ निर्माणमा रोटरी क्लव अफ बिर्तामोड अग्रसर देखिएको हो । अस्पताल निर्माणका लागि रोटरीको अगुवाइमा अभियान सञ्चालन गरिने र विशेषज्ञ डाक्टर सहितको सेवा शुरु गरिने रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष नवीन गट्टाटीनले बताए ।
‘रोटरी क्लव सामाजिक कार्यमा सक्रिय संस्था भएको र समाजमा छुट्टै पहिचान समेत बनाएकाले यो संस्थाले केही समयपछि बाटै हार्ट अस्पतालको तयारी शुरु गर्ने लक्ष्य लिएको छ’ अध्यक्ष गट्टानीले भने – यसका लागि गृहकार्य भइरहेको छ ।

सन् २०२२ को लागि नव नियुक्त अध्यक्ष नविनकुमार गट्टानीलाई मेडल लगाई दिदै निवर्तमान अध्यक्ष निर्मल भट्टराई ।

मुुटुको मात्रै उपचार गर्ने अस्पताल पूर्बमा नभएको र यस्तो अस्पताल झापामा अपरिहार्य भएको बताउँदै अध्यक्ष गट्टानीले भने –‘यस्तो महत्वकाक्षी काम मेरो कार्यकालमा पूरा नहुन सक्छ, अस्पतालको भवन तत्काल नबन्नसक्छ तर, शुरुवात भने मेरै कार्यकालबाट हुन्छ ।’
झापामा मुटुरोग सम्वन्धि उपचार गर्ने अस्पताल नहुँदा अहिले पनि हार्टका विरामी राजधानी सहित भारतका विभिन्न अस्पताल पु¥याउनु पर्ने बाध्यता छ यो समस्याको हल गर्न रोटरी क्लव अफ बिर्तामोड लागि पर्छ – अध्यक्ष गट्टानीले भने ।

रोटरी क्लवले अघि सारेको यो अभियानलाई सहयोग पु¥याउन रोटरियन मीन प्रकाश मैनाली र राजकुमार पोखरेलले १०-१० हजार डलर सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले बिर्तामोडमा नै हार्ट सम्वन्धि उपचार गर्ने अस्पताल बन्छ भने आफूहरु रोटरीले अघि सारेको यो अभियानलाई सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

पदहस्तान्तरण समारोह उपस्थित रोटरियनहरु ।

रोटरी क्लव अफ बिर्तामोडले आयोजना गरेको कार्यक्रममा बोल्दै मैनालीले ५० जनाले मात्रै हार्ट अस्पताल सञ्चालनका लागि १०-१० हजार डलर सहयोग गर्ने हो भने ६ करोड रुपैयाँ संकलन हुने र डिष्ट्रिक र इन्टरनेशनलले समेत सहयोग गर्दा अस्पताल सञ्चालनमा समस्या नरहने धारणा राखे । उनले भने – ‘म अहिले सञ्चै छु, कुन बेला हार्टले काम गर्न सक्दैन त्यस्तो अवस्थामा म ढल्छु थाहा छैन, त्यस्तो त नहोला तर, भयो भने हार्टको समयमै उपचार गर्न अस्पताल अभावले बाटैमा लादा लादै मैनाली सकियो भन्छन् शंङ्ख बजाउँछन्, त्यो अवस्था कसैको पनि आउन नदिन झापामा हार्ट अस्पताल अत्यान्त जरुरी भयो ।’
रोटरीले अघि सारेको यो अभियानलाई सबै झापावासीले सहयोग पु¥याउने बताइएको छ । अभियान सञ्चालन भएलगत्तै हार्टका विरामीलाई मात्रै उपचारका लागि अस्पताल २४ घण्टा खुल्ला रहने र विशेषज्ञ चिकित्सकको सेवा यहीँबाट शुरु गर्ने लक्ष्य लिइएको क्लवका अध्यक्ष गट्टानीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)