

काठमाडौं- म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् ।

काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना बेपत्ता भएका छन् । घटनास्थलमा अहिले उद्धारकार्य जारी छ । –एजेन्सी
Views: 753

