Aamsanchar

बंगलादेशमा ५०० यात्रु सवार डुंगामा आगो लाग्याे, ३२ जनाको मृत्यु

Author Image
शुक्रवार, पौष ९, २०७८

काठमाडौं –दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै शुक्रबार बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको छ।

‘हामीले ३२ जनाको शव निकालेका छौं। मृत्यु हुनेको संख्या बढ्न सक्छ। अधिकांशको आगो र केहीको नदीमा हाम फालेर डुबेर मृत्यु भएको छ‚’ स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताए।​

इञ्जिन कोठाबाट आगलागी भएको र ढाकाबाट घर फर्केका मानिसहरूले खचाखच भरिएको डुंगामा आगो लागेको उनको भनाइ छ। घाइते भएका करिब १०० जनालाई अस्पताल पठाएको इस्लामको भनाइ छ।

गत जुलाईमा ढाकाबाहिरको औद्योगिक सहर रुपगञ्जमा रहेको खाद्यान्न तथा पेय पदार्थ कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो। सन् २०१९ को फेब्रुअरीमा ढाकाको रसायन भण्डारण गरिएको अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा ७० जनाको मृत्यु  थियो।

यस्तै‚ अगस्टमा पूर्वी बंगलादेशको एउटा तालमा यात्रुहरूले भरिएको डुङ्गा र बालुवाले भरिएको कार्गो जहाज ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको थियो।

Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर