Aamsanchar

इसाई धर्मावलम्बीहरूका लागि आज विशेष दिन

Author Image
शनिवार, पौष १०, २०७८

आज २५ डिसेम्बर । विश्वभर इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो । किनकि आज हो, क्रिसमस डे । आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे मनाउँछन् ।

इसाई धर्मावलम्बीहरुका सर्वश्रेष्ठ जिजस क्राइस्टको जन्मदिन र जन्म महिना ठ्याक्कै थाहा छैन । तर, चौथो शताब्दिमा विश्वका विभिन्न देशमा रहेका चर्चहरुले २५ डिसेम्बरमा जिजसको जन्मदिन मनाउने निर्णय गरेका थिए । यसकारण पनि आजको दिनमा क्रिसमस डे मनाउने गरिएको हो ।

क्रिस्चियन धर्ममा विश्वास गर्नेहरुका लागि आजको दिन जिजसको जन्मदिनभन्दा पनि बढी महत्त्वको कुरा के हो भने उनीहरुले भगवान ९नेपालमा क्रिश्चियनहरुले प्रभु भन्ने गरेका छन्० पृथ्वीमा आएको र सम्पूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनु पर्ने धारणा राख्छन् ।

इसाई धर्मावलम्बीहरुको मुख्य ग्रन्थ बाइबल हो । बाइबलमा दुई भाग छन् । पहिलो भाग (पुरानो नियम) र यहुदीहरुको धर्मग्रन्थ एकै हुन् । दोस्रो भाग ९नयाँ नियम०मा जिजसका उपदेश, चमत्कार र उनका शिष्यहरुका कासँग बढी सम्बन्धित छ ।

पछिल्ला दुई वर्ष यता विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण क्रिसमस डे मनाउने उत्साहमा केही कमी भएको जस्तो देखिन्थ्यो । फेरि यो वर्ष क्रिसमस डेको वरपर नै विश्वका विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले दुःख दिएको छ । त्यसैले यस वर्ष पनि विश्वभर कोरोनाभाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै क्रिसमस डे मनाइन्छ ।

इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने गरेका छन् । विश्वभर जिजस क्राइस्टमा विश्वास गर्ने देशहरुमा आजको दिन बिदा दिइन्छ ।

त्यसो त विश्वभर मानव समुदायको आस्था र विश्वास विभिन्न भगवानहरुमा छ । चाहे भगवान कृष्ण हुन् या बुद्ध, गुरु नानक हुन् या पैगम्बर मोहम्मद सबैले विश्वभर अहिंसा र शान्तिको सन्देश फैलाएका छन्, विश्वभर फैलिएको मानव जातिलाई विश्वासको एउटा सुत्रमा बाँध्ने काम गरेका छन् । अनि प्रभु येशु वा जिजस क्राइस्ट जे भनिए पनि आजको दिनलाई उहाँको जन्मदिन मानेर विश्वले यही सन्देश फैलाउन चाहन्छ ।
संसारका विभिन्न देशमा यो समय जाडो हुने भएकाले र हिउँ पर्ने देशहरुमा हिउँ पर्ने भएकाले क्रिसमस डेको यो उत्सवको हिउँसँग पनि विशेष सम्बन्ध छ । अनि क्रिसमस ट्रि वा क्रिसमस रुखको पनि त यो दिनमा विशेष सम्बन्ध छ । अमेरिकामा मात्र आजको दिनमा कम्तिमा पनि ३ करोडभन्दा बढी यस्ता रुखहरु बिक्री हुने तथ्यांक छ ।

अनि आजको दिन बिर्सन नहुने अर्को विषय हो, सान्टा क्लस । रातो टोपी, सेतै दाह्री जुँगा भएका सान्टालाई खुसीको उपमाका रुपमा पनि लिइन्छ । आजको दिन क्रिश्चियन धर्मावलम्बीहरुले सान्टा आएर आफूहरुको घरमा उपहार छोड्ने विश्वास गर्छन् । ससाना नानीबाबुहरु त अबेरसम्म सान्टा क्लसको प्रतीक्षामा बसिरहेका हुन्छन् । जे होस्, क्रिसमस डेको यो विश्वासले पनि हामीलाई आशाका किरण देखाउँछ ।
क्रिसमस डे होस् या अरु कुनै धार्मिक विश्वास बोकेका दिनहरु किन नहुन्, सबैले विश्वभर भातृत्वको भावना बढाउँछन्, शान्ति र विकासको कामना गर्छन्, मानव जातिको विकासको परिकल्पना सबै धर्ममा गरिएको हुन्छ ।

आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर इसाई धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँछन् । हाम्रो पात्रो परिवारको तर्फबाट तपाईंहरु सबैलाई क्रिसमस डेको धेरै धेरै शुभकामनास प्रभु येशुले हामी सबैको कल्याण गरुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर