बिर्तामोड । नेपालकमा उत्पादित आर्शिवाद पेन्ट्सले पेन्टर भेटघाट तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज बिर्तामोड स्थित आधिकारिक बिक्रेता छवि दंगालको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पाँच जना पेन्टरहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा चौलागाई हार्डवेयरको तर्फबाट महेन्द्र भण्डारीलाई एकथान मोवाईल, एसएस कलर हाउसको तर्फबाट उत्तम पौडेल, सक्षम हार्डवयेरको तर्फबाट युवेन आचार्य र पिके कलर्स हाउसको तर्फबाट सरोज खतिवडालाई १–१ थान स्टेन फेन प्रदान गरिएको थियो । त्यसैगरी पेन्टर बालकृष्ण खतिवडालाई एक थान भित्ते घडी उपहार प्रदान गरिएको थियो । पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि आर्शिवाद पेन्ट्सका प्रदेश १ आधिकारिक बिक्रेता पवन गौतमले प्रदान गरेका थिए ।
विगत १० बर्ष देखि नेपालगंज बाँकेमा उद्योग संचालन गरेर देशव्यापी व्यवसाय सुरु गरेको आर्शिवाद पेन्ट्सले विभिन्न विशेष्ताका ७ प्रकारका रंगहरु बजारमा ल्याएको छ । ५ बर्ष देखि १० बर्ष सम्म ग्यारेन्टी रहेको रंगहरु अन्य रंग भन्दा लगाउन सजिलो, किफायती र सस्तो रहेको प्रमुख अतिथि गौतमले बताए । कम्पनीले पेन्टरहरुका लागि ५ लाख सम्मको जीवन विमा र आर्कषण उपहारहरुमा मोटरसाईकल, फ्रिज, ल्यापटप, टिभी लगायतका सामानहरु प्रदान गर्ने योजना ल्याएको गौतमले जानकारी दिए ।
पेन्टरहरुको तर्फबाट बालकृष्ण खतिवडाले आर्शिवाद पेन्ट्सको बारेमा आफूले बुझेको र अनुभव गरेको कुराहरु राखेका थिए । कार्यक्रममा ७० भन्दा धेरै पेन्टरहरुको सहभागित रहेको थियो ।
कार्यक्रममा स्वागत रेनुका दंगालले गरेकी थिएन् भने संचालन अच्युत दाहालले गरेका थिए ।