Aamsanchar

सप्तरीमा एक महिलाको घाँटी रेटेर बियरको बोतल प्रहार गरी हत्या

Author Image
सोमवार, पौष १२, २०७८

सप्तरी -छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको हत्या भएको छ। स्थानीय जमाहर यादवकी श्रीमती ५० वर्षीया भुटनीदेवी यादवको सोमबार बिहान घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय शुभनारायण यादवले जनाकारी दिए।

घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर