Aamsanchar

साथीभाइ अनलाइन टिभी नामक  युट्युब च्यानलका सञ्चालक पक्राउ

Author Image
सोमवार, पौष १२, २०७८

काठमाण्डाै – अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक  युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 467

प्रतिक्रिया (०)

सम्बन्धित खबर