Aamsanchar

सबै दल मिलेर संविधान कार्यान्वयनमा लागौंः नेम्वाङ

Author Image
शनिवार, मंसिर १८, २०७३

इलाम।

subash

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँं शुभजन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो — ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो ।

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले जसरी सबै दल मिलेर संविधान निर्माण ग¥यौं, त्यसरी नै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्दछ भन्दै संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा अनियमितता भए तत्काल स्थानीयतहबाट खबरदारी गर्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो । सोही अवसरमा नेता नेम्वाङले इलाम चुलाचुलीका ज्ञानुदय लावती र झापाका देवदास लगुन राईलाई जनही रु. १० हजार ६३ को आत्मानन्द साहित्य पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा किराँत गुरू आत्मानन्द लिङदेनले उपस्थित भक्तजनलाई आर्शिवचन दिनुभयो । मङ्सिर १६ गतेदेखि सुरू भएको जन्मोत्सवमा फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।  कार्यक्रममा देश विदेशका किराँत धर्मावलम्बीको सहभागिता रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर