

काठमाडौं –भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा बृद्धि भएपछि भारत सरकारले सो निर्णय गरकोे हो ।

भारत सरकारले नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । हिजो मात्र भारतभर १ हजार २ सय ७० जना ओमिक्रोनका संक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३ सय २० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।
Views: 391

