Aamsanchar

अमेरिकामा डढेलोमा परेर ३ जनाको ज्यान गयाे

Author Image
आइतवार, पौष १८, २०७८

काठमाण्डाै – अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन्।

दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरकाे प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ ।

डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर