Aamsanchar

हत्याको प्रयासबाट जोगिए हैटीका प्रधानमन्त्री एरिअल

Author Image
मङ्गलवार, पौष २०, २०७८

काठमाण्डाै – हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री हत्याको प्रयासबाट जोगिनुभएको छ । देशको स्वतन्त्रता दिवस मनाउने क्रममा गएको शनिवार उत्तरी सहर गोनाएभ गिर्जाघरमा बन्दुकधारीले प्रधानमन्त्री आङ्ग्रीलाई मार्ने प्रयास गरेको त्यहाँको सुरक्षा निकायलाई उदृत गरी बीबीसीले जनाएको छ । सुरक्षा निकाय र बन्दुकधारीबीच भएको गोली हानाहानका क्रममा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

गएको जुलाईमा तत्कालीन राष्ट्रपतिको हत्या भएपछि हैटीमा सुरक्षा अवस्था बिग्रिएको छ । ५३ वर्षका राष्ट्रपति जोभनेल मोइनको निवासमै हत्या भएको थियो । आङ्ग्री मोइनको हत्या भएको दुई हप्ता पछि देशको कार्यवाहक प्रमुख बन्नुभएको हो ।

Views: 534

प्रतिक्रिया (०)

सम्बन्धित खबर