Aamsanchar

चार बर्ष भित्र अर्जुनधारमा १३.६ कि.मी. कालोपत्रे

Author Image
बुधवार, पौष २१, २०७८

अर्जुनधारा । चार बर्ष देखि हाल सम्म अर्जुनधारा नगरपालिकाले गरेको कामको समिक्षा गरिएको छ । कार्यकालको अन्तिम समयमा भएका मुख्य उपलब्धीहरु सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाको १०औं नगर सभा बुधबारदेखि शुरु भएको छ ।

आज शनिस्चरेमा आयोजित सभाको पहिलो बैठकमा उपप्रमुख एवम् बजेट तर्जमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले चार वर्षमा नगरपालिकाबाट सम्पादन भएका मुख्य उपलब्धीहरु उल्लेख भएको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनअनुसार पूर्वाधार तथा विकास निर्माण क्षेत्र अन्र्तगत नगरपालिकामा जम्मा १३.६ किलो मिटर सडक कालोपत्रे निर्माण गरिएको छ ।

जस अनुसार अर्जुनधारा–१ मा पाँच सय मिटर, अर्जुनधारा–२ मा पाँच सय मिटर, अर्जुनधारा–३ मा छ सय मिटर, अर्जुनधारा–४मा पाँच सय मिटर, अर्जुनधारा–५मा पाँच सय मिटर, अर्जुनधारा–६मा तीन हजार मिटर, अर्जुनधारा–७मा चार हजार दुई सय मिटर, अर्जुनधारा–८मा एक हजार नौ सय मिटर, अर्जुनधारा–९मा आठ सय मिटर, अर्जुनधारा–१० मिटर छ सय मिटर र अर्जुनधारा–११मा पाँच सय मिटर सडक कालोपत्रे भएको छ । त्यसैगरी १४.१५ किमी सडक मर्मत गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । जसअनुसार अर्जुनधारा–६ र ९ मा दुई हजार छ सय मिटर, अर्जुनधारा–७ मा तीन सय ५० मिटर, अर्जुनधारा–८ मा छ सय मिटर, अर्जुनधारा–९ र ११ मा पाँच हजार मिटर, अर्जुनधारा–९ र १०मा एक हजार दुई सय मिटर, अर्जुनधारा–१० र ११ मा दुई हजार मिटर, अर्जुनधारा–११ मा एक हजार पाँच सय मिटर र अर्जुनधारा–१०मा नौ सय मिटर सडक मर्मत भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा १२.४ किमी सडक कालोपत्रे गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । जसअनुसार अर्जुनधारा–१मा एक हजार दुई सय मिटर, अर्जुनधारा–२मा पाँच सय मिटर, अर्जुनधारा–३ मा नौ सय मिटर, अर्जुनधारा–४ मा सात सय मिटर, अर्जुनधारा–५ एक हजार मिटर, अर्जुनधारा–६मा दुई हजार छ सय ७६ मिटर, अर्जुनधारा–७ मा एक हजार दुई सय मिटर, अर्जुनधारा–८मा एक हजार दुई सय मिटर, अर्जुनधारा–९मा आठ सय पचास मिटर, अर्जुनधारा–१०मा एक हजार तीन सय मिटर र अर्जुनधारा–११मा नौ सय मिटर सडक कालोपत्रे हुने भएको छ । त्यसैगरी नगरपालिकाले सामुदायिक विद्यालयको भवन १४ वटा, वडा नं. १, २, ३, ६, ९, १० र ११ वडा समिति कार्यालयको भवन, वडा नं.१, २, ५, ८, १० र ११ स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदनमा स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समिति, पशुपंक्षी विकासलगायतका प्रगति विवरण पनि उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाले आर्थिक वर्ष ०७४ / ०७५मा  ४४ करोड ६५ लाख  ७५ हजार दुई सय ९८ रुपैयाँ, आर्थिक वर्ष ०७५/०७६मा ७५ करोड ५३ लाख ९९ हजार रुपैयाँ, आर्थिक वर्ष ०७६/०७७मा ६५ करोड ७३ लाख ३० हजार छ सय २३ रुपैयाँ र ०७७/०७८मा ७८ करोड ३९ लाख २१ हजार तीन रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यता सोही अवधिमा नगरपालिकाले आठ वटा ऐन्, तीन वटा नियमावली र १५ वटा कार्यविधि बनाएको छ । बनाइएका ऐन्हरुमा सहकारी ऐन् २०७८, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको नगर सभा र नगर कार्यपालिकाको निर्णय वा आदेश वा अधिकार पत्रको प्रमाणिकरण ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको शिक्षा ऐन् २०७७, नगर प्रहरी व्यवस्थापन ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन ऐन् २०७७ र न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन् २०७५ रहेका छन् ।

त्यसैगरी नियमावलीतर्फ नगर कार्यपालिका कार्यविभाजन नियमावली २०७४, नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ र संक्षिप्त वातावरण अध्धयन तथा प्रारम्भिक वातावरणीय परीक्षण नियमावली २०७७ रहेका छन् । त्यस्तै कार्यविधितर्फ नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४, नगर राजपत्र प्रकाशन कार्यविधि २०७४, अर्जुनधारा नगरपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि २०७५, करारमा प्राविद्यिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५, आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) कार्यविधि २०७५, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि २०७५, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५, अर्जुनधारा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, योजना सञ्चालन अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यविधि २०७५, हेभी इक्विपमेन्ट सञ्चालन व्यवस्थापन कार्यविधि २०७५, अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण कार्यविधि २०७५, नदीजन्य श्रमिक निर्देशिका २०७६, अर्जुनधारा नगरपालिकाको शेयर लगानी सम्बन्धि कार्यविधि २०७६ र रोग नियन्त्रण प्रकोप व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७७ रहेका छन् ।

नगरसभा उद्घाटन समारोहमा पर्यवेक्षकको रुपमा दलका नेताहरु पूर्व सांसदहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पूर्व सांसद शेरबहादुर इङनाम, केदारमणी ढकाल, पूर्व मन्त्री केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य भक्त खपाङ्गी, पूर्व मन्त्री तथा संविधान सभा सदस्य अन्नी खरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर