Aamsanchar

सय बर्ष नजिक पुगेका थापा दम्पतीले जिते ओमिक्रोनलाई

Author Image
आइतवार, पौष २५, २०७८


अष्ट्रेलिया । कोभिड–१९ (कोरोना) तेस्रो लहर ओमिक्रोन घातक र भयावह रहेकोे स्वास्थ्य संस्थाहरुले भनिरहेको अबस्थामा दुई जेष्ठ नागरिक दम्पतीले ओमिक्रोनलाई जितेर त्यो भनाईलाई गलत सावित गरिदिएका छन् ।

हाल अष्ट्रेलियाको ताजमेनिया राज्यको होवर्ट सहरमा बस्तै आएका ९३ बर्षे विर्खबहादुर थापा र ८० बर्षिया भिममाया थापाले कोरोनालाई परास्त गरेका हुन् ।
ओमिक्रोन पोजेटिभ भएपछि अस्पताल भर्ना भएका थापा दम्पतीे सहजै कोरोना मुक्त बन्न सफल भएका छन् ।

अफ्रिकाबाट तिब्र रुपमा फैलिई रहेको ओमिक्रोनलाई जित्नको लागि डाक्टरले रेम्डोसिभिर नामक औषधि चार मात्रा लगाई दिएपछि अस्पतालबाट ४ दिनमा नै डिस्चार्ज भएर थापा दम्पती घर फर्किन सफल भएका थापाका आफन्त भिमप्रसाद भट्टराईले जानकारी दिए ।

अष्ट्रेलिया सरकारले यस अघि ५० बर्ष समूह माथीकालाई अष्ट्राजेनिका खोप लगाएको थियो । उक्त खोप थापा दम्पतीले पनि लगायका थिए ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर