

एजेन्सी –कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संकटकालीन बैठक बोलाएका छन्। प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

आइतबार अपराह्न ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्ने बताइएको छ। तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरूका विषयमा उक्त बैठकमा छलफल हुने समेत बताइएको छ।
संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ। यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समीक्षा गरेका थिए।

दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए। उनले औषधि र अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए।
Views: 541

