Aamsanchar

अपार्टमेन्टमा आगलागी हुँदा अमेरिकामा १९ जनाको मृत्यु

Author Image
सोमवार, पौष २६, २०७८

अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ जनाबालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले जानकारी दिएका छन्।

अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ।

अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताए। उनले न्यूयोर्कमा ३० वर्ष यताकै ठूलो घटना भएको बताएका छन्।

Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर