Aamsanchar

किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौँ ।gulmi

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ ।

गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौँमा सङ्कलन गरेको रु २९ हजार गरी सो रकम आज यहाँ हस्तान्तरण गरियो ।

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले बालिकाका गाउँले एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई रकम हस्तान्तरण गर्नुभयो ।

सो जिल्लाका ३६ वर्षीया दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर यही मङ्सिर ३ गते मृत्यु भएपछि १३ वर्षीया सङ्गीता र ११ वर्षीया रमिता किरियामा छन् ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर