काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ ।
विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ ।विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167