काठमाडौं:
हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । बेलुका सकुशल रहेका आरपी बिहान मृत अवस्थामा भेटिएको परिवार स्रोतलाई उदृत गर्दै कलाकार दीपकराज गिरीले जानकारी दिए ।
आरपी प्रेसर र सुगर रोगका विरामी थिए । चार दिन अघि मात्र उनी आफ्नी फूपुको घर विराटनगर गएका थिए ।
आरपी हाँस्य टेली सिरियल ‘तितो सत्य’मा ‘राजालाम’का नामले परिचित थिए । उनले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा’ अहिले हलमा चलिरहेको छ । ‘वडा नम्बर ६’ लगायतका विभिन्न चलचित्रमा पनि आरपीको अभिनय छ ।
भटराईहरुको गोठ पूजा एवम् आफन्तको घरमा लगाइएको पुराणमा सहभागी हुन कलाकार भट्टराई परिवारलाई काठमाडौँमै छोडेर विराटनगर आएको पारिवारिक स्रोतले जनाएको छ ।
विराटनगरमा आफन्त सुशील अधिकारीको घरमा सुतेकै अवस्थामा शुक्रबार बिहान उनी मृत फेला परेका हुन । उनी त्यहाँ दुई दिनदेखि बसेका थिए ।
उनका श्रीमती र दुई छोरा छन् । विराटनगरमै पढीलेखी हुर्केका उनी गायन र अभिनयका लागि काठमाडौंमै बस्दै आएका थिए ।
साहित्यकार तथा कवियत्री सुमित्रा भटराईका अनुसार विहीबार राति नोवेल अस्पतालमा आफन्त भेटेर कारमा चढेर आएका भट्टराई गफ गरेर सुतेका थिए । तर, बिहान चिया खान बोलाउन खोज्दा नबोलेपछि डाक्टर बोलाएर चेक गर्दा उनी मृत्यू भई सकेको थियो ।