Aamsanchar

४ दिनदेखि इनारमा फसेका बालकको मृत्यु

Author Image
आइतवार, माघ २३, २०७८

राबात – चार दिनदेखि गहिरो इनारमा फसेका मोरोक्कोका एक पाँच वर्षीय बालकको उद्धारका क्रममा मृत्यु भएको छ । उनलाई जीवित उद्धार गर्ने भरमग्दुर प्रयास गरिएको थियो । इनारबाट बाहिर निकाल्नासाथ मृत घोषित गरिएको हो ।

रायान नामक ती बालक साँघुरो मुख भएको ३२ मिटर गहिरो इनारमा खसेको खबर सार्वजनिक हुनासाथ सयौँ मानिस घटनास्थलमा जम्मा भएका थिए । हजारौँले घटनालाई अनलाइनमार्फत निरन्तर पछ्याइरहेका थिए ।

जमिन खन्ने क्रममा पहिरो जान सक्ने सन्त्रासका कारण उद्धार कार्यमा अवरोध पुगेको थियो । शनिबार साँझ उद्धारकर्ताहरू उनलाई इनारबाट बाहिर ल्याउन सफल भएका थिए । त्यसरी बाहिर ल्याइँदा उल्लासमय भएको वातावरण केही बेरपछि नै उनको मृत्युको खबरले शोकाकुल बन्न पुगेको थियो ।

रायान ओराम दुर्घटनामा परेको सुन्नासाथ मोरोक्कोका नरेश मोहम्मद षस्टमले बालकका अभिभावकलाई फोन गरी सहानुभूति व्यक्त गरेका थिए ।मंगलबार आफूले इनार मर्मत गरिरहेका बेला एकैछिन ध्यान दिन नसक्दा छोरो इनारमा खसेको रायानका पिता बताउँछन् । चेफ्चाओएन सहरदेखि करिब १०० किमि टाढाको सानो उत्तरी सहर टामोरोटमा यो दुर्घटना भएको हो ।

Views: 509

प्रतिक्रिया (०)

सम्बन्धित खबर