Aamsanchar

राशिफल [विक्रसम्वत २०७३ साल मंसिर २९ गते बुधवारको राशिफल हेर्नुहोस्…]

Author Image
बुधवार, मंसिर २९, २०७३

आजको तिथिमिति
शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर २९ गते बुधवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर १४ तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती ४÷९ वजेसम्म, मृगशिरा नक्षत्र राती ८÷५७ वजेसम्म, शुभयोग, बालव करण, आनन्दादियोग अमृत, सूर्य वृश्चिक राशीमा, चन्द्रमा विहान ९÷४० वजेसम्म वृष उप्रान्त मिथुन राशीमा ।
मेषः– मध्यान्ह पछि समयमा सुधार आउनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आम्दानी बढ्नेछ ।
वृषः– समयले कम साथ दिनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो तथा खर्च बढ्नेछ । ऋण नदिनु होला ।
मिथुनः– समयमा विस्तारै सुधार आउनेछ । फजुल खर्च कम हुनेछ । स्वतन्त्र प्रकृतिका व्यवसायबाट लाभ हुनेछ ।
कर्कटः– प्रतिकुलता बढ्नेछ । काममा पनि आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थकोे घुमाई फिराई होला ।
सिंहः– समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।
कन्याः– भाग्यले साथ दिनेछ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । तुलाः–काम गर्दा विवाद पर्नसक्छ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।
वृश्चिकः–स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन ।
धनुः– काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन्
मकरः– व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।
कुम्भः– अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।
मिनः– वातावरण अनुकुल देखिन्न । खर्च बढ्नेछ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर