Aamsanchar

महिला कामदारको सुरक्षार्थ ‘रेरेटी’

Author Image
सोमवार, जेठ १७, २०७३

human-trafficking

काठमाडौँ ।

वैदेशिक रोजगारमा जाने महिला कामदारको सुरक्षा, पेसागत सुरक्षा र पेसागत हितको प्रवद्र्धन गर्ने प्रयोजनार्थ सरकारले रेपिड रेस्पोन्स टिम(द्रुत प्रतिक्रिया टोली) गठन गरेको छ ।

वैदेशिक रोजगार ऐन, नियमावली, सम्बन्धित कार्यविधि तथा निर्देशिकाको उद्देश्य प्राप्तिमा सघाउ पु¥याउने प्रयासस्वरुप श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार गठन गरिएको टोलीको श्रम तथा रोजगारमन्त्री दीपक बोहराले उद्घाटन गर्नुभयो ।

श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको संयोजकत्वमा गठित सो टोलीका सदस्यमा निर्मला थापा (निर्देशक, रोजगार प्रवद्र्धन बोर्ड), रमा भट्टराई (निर्देशक, वैदेशिक रोजगार विभाग), पार्वती शर्मा (शाखा अधिकृत, रोजगार मन्त्रालय) र सनमाया रम्तेल (शाखा अधिकृत, श्रम तथा रोजगार मन्त्रालय) रहनुभएको छ ।

संयोजक श्रेष्ठले टोलीले मुख्यतः सरोकार भएका निकाय र सम्बन्धित संस्थासँग समन्वय गर्ने तथा इजाजतपत्र प्राप्त संस्थाको आवश्यकतानुसार निरीक्षण तथा अनुगमन गरी सुधारका लागि गर्नुपर्ने देखिएको कार्यका लागि सम्बन्धित निकायमा सिफारिससमेत गर्ने जानकारी दिँदै मन्त्री बोहराले भएका ऐन, कानुन संशोधन गरेर भए पनि टोलीलाई सक्रिय बनाउँदै मानव बेचबिखनलाई रोक्नुपर्ने बताउनुभयो ।
श्रम सचिव विष्णुप्रसाद लम्सालले राज्यले वैदेशिक रोजगारको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर