Aamsanchar

सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकाको मेचीनगरबाट उद्धार

Author Image
शुक्रवार, फागुन ६, २०७८

संकेतिक तस्वीर गुगलबाट

विद्यालय जाने क्रममा अपहरणमा परेका रुपन्देहीका दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियाबाट बिहीबार बिहान स्कुल हिँडेका एकै घरका दुई बालबालिका अपहरणमा परेका थिए ।

अपहरित बालबालिकालाई प्रहरीले शुक्रबार झापाबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरित बालबालिकालाई शुक्रबार बिहान काँकडभिट्टाबाट उद्धार गरिएको हो ।

उद्धारपछि बालबालिकालाई आफन्तको सम्पर्कमा जिम्मा लगाइएको पौडेलले जानकारी दिए । अपहरणको कारणबारे भने अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सैनमैना नगरपालिका वडा नम्बर ६ बस्ने पुष्पा दाहालका एक छोरी १२ वर्षीया प्रसिद्ध दाहाल र एक छोरा ९ वर्षीय प्रसन्न दाहाल बिहीबार अपहरणमा परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर