Aamsanchar

तीन दल सहमति नजिक, एमालेले आन्दोलन चर्काउने !

Author Image
शुक्रवार, पौष १, २०७३

काडमाडौं,

577e65a3718068.52107564

संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा दलहरु सहमति नजिक पुगेको भन्दै संसद्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

सहमति नजिक पुगेको भन्दै प्रमुख तीन दलले गरेको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले बैठक स्थगित गर्नुभएको हो । चुनावको लागि आवश्यक ऐनबारे छलफल गरेर चैत वा बैशाखमा स्थानीय निकायको चुनाव गराउने विषयमा भैरहेको छलफल सहमति नजिक पुगेको दलका नेताहरुले बताउँदै आएका छन् ।

संशोधन विधेयक गएको १४ गते मंगलबार सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमालेसहितका दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

संविधान संशोधनको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने बिहीबार संशोधन विधेयक खारेजीको माग गर्दै सबै सांसदहरुलाई मोबाइलमा मेसेज पठाएर ध्यानाकर्षण गराएका छन् ।

एमालेले आन्दोलन चर्काउने

नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

संशोधन विधेयक असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित विपरित रहेको भन्दै एमालेको स्थायी कमिटीको बैठकले आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । बैठकले विधेयक फिर्ता गरी आगामी चुनावका लागि राजनीतिक शक्तिहरु बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गराएको एमाले केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै जनप्रतिनिधिमूलक निकायको चुनाव हुन आवशयक रहेको भन्दै बैठकले २०७४ माघ अगाडि नै सबै तहको चुनाव गर्न माग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर