देख्नमा सामान्य भएको फोटो जसमा एक बालकले माछा समातेका छन्। यदि उक्त फोटो फेसबुकमा सेयर गरिएमा ७२ घण्टाको लागि ब्लक हुनेछ। यस फोटोमा उक्त बालकको गुप्ताङ्ग देखिएको छ। फेसबुकमा यस्ता फोटो पोस्ट गर्नु गैरकानुनी मानिन्छ। १८ वर्ष मुनिको बच्चाको सेक्सुअल इन्भल्बमेन्टलाई ध्यानमा राख्दै यस्ता फोटो राख्ने अनुमति फेसबुकले दिदैन। यसलाई न्युडिटी मानिन्छ।
यस्ता विभिन्न कारण छन् जसले गर्दा फेसबुक ब्लक गर्छ। जानौँ यस्ता केही कारणः
२ सयभन्दा बढी ग्रुपसँग जोडिएमा ब्लक हुने सम्भावना हुन्छ।
हेट स्पीच, कुनै समुदाय वा व्यक्तिको बारेमा आघात पुग्ने कुरा पोस्ट गरिएमा।
एउटै म्यासेजलाई कपी गरेर ३ सय पटकभन्दा बढी आफ्नो वालमा र ग्रुपमा पोस्ट गरेमा ब्लक हुने सम्भावना हुन्छ।
प्रयोगकर्ताको स्कुल, कलेज वा संस्थाको सम्बन्धनको बारेमा शंका लागेमा।
धेरै प्रयोगकर्तालाई पोक गरेर दिक्क लगाएमा।
ड्रग्सको गैरकानुनी प्रयोगलाई प्रोत्साहन गर्दै पोस्ट गरेमा।
हिंसालाई प्रोत्साहन दिने कन्टेन्ट पोस्ट गरेमा।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 178