Aamsanchar

रिस उठ्दा गर्न नहुने ५ कुराहरु

Author Image
शुक्रवार, पौष १, २०७३

रिस उठ्दा झट्ट गरिने क्रियाकलापले आफूसँगै अरूलाई पनि हानि गर्न सक्छ । रिस उठेको बखतमा यस्ता  काम गर्नुहुदैन् ।

१. तत्काल निराश हुनुहुदैन् ।
रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ । रिसाएको समयमा हामिले निराश हुदा अप्रिय निर्णय लिन सकिन्छ । तसर्थ, रिसाएको बेला ’यो रिस भनेको केही समयका लागि हो, अहिलेको अवस्था निरन्तर रहदैन् यो सबै सामान्य हुन्छ’ भन्ने सोच्नुपर्छ र तत्काल निराश हुनु हुदैन् ।

२.फुट्ने सामान बोक्नुहुदैन्
रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ । ऐना, कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो हुन्छ । साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप, नेटबुकजस्ता फुट्ने चिज नबोक्नु नै उत्तम हुन्छ ।

३.गाडी चलाउनुहुदैन्
रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोण परीवर्तन भई हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ । रिसाएको व्यक्तिले अधिक गतिमा गाडी चलाउने गर्छ । यसो गर्दा दुर्घटनामा परिने जोखिम बढी हुन्छ ।

४. बहस गर्नुहुदैन्
रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास आउँछ । रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ । रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ । यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ ।

५. पानी बाहेक अरु खानुहुदैन् ।
रिसाएको बेला मानिसको मन र शरीर दुवैमा यसको असर परेको हुन्छ । यस्तो अवस्थामा पानी बाहेक अरु भोजन गरियो भने या त बढी खाइन्छ या कम । पानी पिउनाले मानशिक रुपमा केही शान्त बनाएपनि अरु खानाले शारिरक असर हुन्छ । त्यसैले रिस मत्थर भएपछि भोजन गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर