Aamsanchar

वि.स. २०७३ साल पौष २ गते शनिवारको राशिफल हेर्नुहोस्…

Author Image
शनिवार, पौष २, २०७३

आजको तिथिमिति
शाके १९३८, विक्रसम्वत २०७३ साल पौष २ गते शनिवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर १७ तारिक कृष्णपक्ष चौथी तिथि राती ११÷३० वजेसम्म, तिष्य नक्षत्र साँझ ५÷५९ वजेसम्म, ऐन्द्रियोग, बवकरण, आनन्दादियोग मित्र, सूर्य धनु राशीमा, चन्द्रमा कर्कट राशीमा ।
मेषः– समयले कम साथ दिनेछ । अनावस्यक कामको लागि खर्च हुनेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार व्यवसायमा अवनति हु्नेछ ।
वृषः– ग्रह,गोचर अनुकुल नै देखिन्छ । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।
मिथुनः– ऋण लगानीमा जोड नदिनु होला । संचित धन नास हुनसक्छ । काममा देखिएका समस्या पुरै कम हुने छैनन् । आफन्त बनेर धोका दिन सक्छन् सर्तक रहनु होला ।
कर्कटः– व्यापार,व्यवसायमा सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ । अर्थ अभावका कारण काममा सामान्य ढिला सुस्ति हुन सक्छ ।
सिंहः– समयले साथ कम दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ । नगरेका कामको अपयश लिनुपर्ला ।
कन्याः– आकस्मिक आम्दानी योग देखिन्छ । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ ।
तुलाः– काम सहज रुपमा बन्ने छन् । सामाजिक एवं राजनीतिक क्षेत्रमा आफ्नो पहिचान दिन सकिनेछ । विरोधी कमजोर बन्नेछन् । परिश्रम अनुसारको मूल्य पाईनेछ ।
वृश्चिकः– दिन मध्यम खालको छ । लगनशिलता बढाउनु होला । काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार,व्यवसायबाट अल्प लाभ हुनेछ ।
धनुः– मानसिक एवं शारीरिक रुपमा कमजोर बन्नु हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।
मकरः– जीवन साथिको सहयोग लिएर काम गर्नु भयो भने बढि लाभान्वित हुनुहुनेछ । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । यात्राको योग देखिन्छ ।
कुम्भः– कार्य सम्पादन गर्न कठिनाई हुनेछ । लगनशिल भई काम गरेमा भने अवस्य सफलता मिल्नेछ । आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला । शत्रु लाग्ने देखिन्छ ।
मिनः– अन्योलमा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन सामान्य बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । प्रेमिकाले धोका नदेलान भन्न सकिन्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर