Aamsanchar

अमेरिकाका राष्ट्रपति ट्रम्पकी छोरीसँग डेट जाने अवसर

Author Image
शनिवार, पौष २, २०७३

एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीसँग कफी डेट जान चाहनेका लागि सुनौलो अवसर छ । तर यसका लागि ठूलै मूल्य चुकाउनुपर्नेछ ।

trump-daughter

ट्रम्पकी छोरी इबान्काले आफूसँग कफि पिउनका लागि लिालमी शर्त राखेकी छिन् । ८ हजार अमेरिकी डलरबाट बोली लाग्न सुरु भएको यो क्रम अहिले ५० हजार डलरसम्म पुगेको छ । उनले आफ्नो भाइको संस्थाका लागि पैसा उठाउनका यो काम गरेकी हुन् ।

trump-daughter-1लिलामी जित्ने व्यक्तिले अर्काे महिना इबान्कासँग कफी डेट जान पाउने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । इबान्काले ति ब्यक्तिसँग ३५ देखि ४० मिनेटको समय बिताउनेछिन् । यो क्रममा उनीसँग लिलाम जित्नेले फोटो र सेल्फीसमेत लिन सक्नेछन् । यसबाट प्राप्त भएको रकम इबान्काले भाइ एरिकको च्यारिटी ट्रस्टलाई दिनेछिन् ।

trump-daughter-2

एरिकको संस्थाले अस्पतालमा गरीब बिरामी बालबालिकालाई आर्थिक सहयाग गर्दै आएको । इबान्का प्रतिष्ठित व्यवसायी, लेखक र मोडल पनि हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर