Aamsanchar

महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत : मुख्यमन्त्री राई

Author Image
मङ्गलवार, फागुन २४, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो ।

११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उहाँले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताउनुभयो । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवस्यक भएकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरुलाई पुरुष सरह बनाउनु पर्छ ।’

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताउनुभयो । उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताउनुभयो । संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उहाँले बताउनुभयो । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उहाँले बताउनुभयो ।
सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि विराटनगर देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरी ब्याण्डवाजा र साँस्कृतिक झाँकी सहित ¥याली निकालिएको थियो । ¥याली जलजला मोडहुँदै बजार परिक्रमा गरि आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागि भएको थियो ।

यसैवीच आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ पिन्ट रगत संकलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा १२ महिला सहित १७ जनाले रक्तदान गरेका थिए ।

अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर स्थित मानवसेवा आश्रममा आश्रितहरुलाई फलफूल वितरण गरिएको छ ।

Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर