Aamsanchar

संस्थागत क्षमता विकास तालिम सम्पन्न

Author Image
मङ्गलवार, जेठ १८, २०७३

शनिश्चरे।

DSC_1466
फरवार्ड युवा मञ्च शनिअर्जुन नगरपालिकाको आयोजनामा गत शनिबारबाट सञ्चालनरत् चार दिवसीय संस्थागत क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष इन्द्रप्रसाद गिरीको सभापतित्व र शनिअर्जुन नगरपालिकाका संयुक्त वडा सचिव तिवेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सो तालिम सम्पन्न भएको हो । कार्यक्रममा तालिमका सहभागी २१ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि अधिकारी, तालिमका सहजकर्ता कृष्णकुमार थेवे, मञ्चका सल्लाहकार सन्तोषकुमार श्रेष्ठलगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

 

तालिमबाट प्राप्त अनुभव बारे प्रशिक्षार्थीद्धय कविता नेपाल र नवीन अधिकारीले प्रस्तुत गरेको कार्यक्रममा सहजकर्ता थेवे, मञ्चका सल्लाहकार श्रेष्ठलगायतले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारिकरुपमा लागु गर्न सुझाएका थिए । मञ्चका सल्लाहकार एवं बर्थ डे फर सोसाइटी अभियानका संयोजक अमित खम्बूले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि अधिकारी, सहजकर्ता थेवे र मञ्चका साधारण सदस्य सुरज राजवंशीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका सचिव कृष्ण नेपालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर