बिर्तामोड । झापा बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुगोस् भन्ने उदेश्यले संस्थाले आज (बिहिबार) डोमालाल राजवंशी रंगशालामै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
झापा गोल्डकपका उपाध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष सुवास भट्टराई, कोषाध्यक्ष मेहरमान विष्ट र तालिम विभाग प्रमुख विजय बस्नेतले चेक संयुक्त रुपमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई हस्तान्तरण गरेको जनाइएको छ ।
प्रत्येक सामाजिक कार्यमा सहभागी भन्दै आएको उक्त संस्थाले गोल्डकपलाई केही पुगोस् भनेर उक्त रकम प्रदान गरेको संस्थाका सञ्चालक समिति सदस्य पराजुलीले जानकारी दिए ।
फागुन २१ गतेदेखि शुरु भएको झापा गोल्डकप ३० सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 394