Aamsanchar

सप्तकले दियो महिलालाई उद्घोषण तालिम

Author Image
बिहिवार, चैत १०, २०७८

विर्तामोड ।  संगीत साधनाको क्षेत्रमा छोटो समयमा स्थापित बन्न सफल सप्तक संगीत बिद्यालय बिर्तामोडले यतिबेला महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्घोषण तालिम  सञ्चालन गरिरहेको छ ।

विभिन्न संघ सस्था तथा सहकारीहरुमा आबद्ब महिला समुदायको मागलाई आत्मसाथ गर्दै च‌ैत ६ गतेबाट १० दिने उद्घोषण तालिम कार्यक्रम सञ्चालन भइ रहेको सप्तक संगीत बिद्यालयका सस्थापक कुशल पौड्यालले जानकारी दिए ।

क्षितिज नाट्य प्रतिष्ठान प्रदेश १ का केन्द्रीय अध्यक्ष तथा बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणकार्यका अभियन्ता, परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता माधब कल्पितद्बारा दिइने उद्घोषण प्रशिक्षण कार्यक्रममा सप्तक संगीत बिद्यालयका संस्थावक द्वय आकृति खतिवडा र सञ्जीवनी पौडेल,नेपाल उध्यमशिल महिला संघ झापाकी सदस्य निरा न्यौपाने कट्टेल,बिना थापा घिमिरे,बिमला न्यौपाने,छठ महिला मञ्चका सदस्य शिसम शाह, सेन्ट्रल फेसन हवकी फेसन डिजाइनर निकिता गुप्ता, छठ महिला मञ्च बिर्तामोडकी सह कोषाध्यक्ष कञ्चन शाह, साहरा हिमालय महिला समुहकी अध्यक्ष कल्पना खरेल, प्रणामी धर्म सेवा समिति झापा जिल्ला सदस्य स्मिता बजगाइँ, सप्तक संगीत बिद्यालयकी प्रशिक्षार्थी बिपाष्ना बजगाँइ तथा लाइन्स क्लव नेपाल बिर्तामोड शाखाकी मनोरञ्जन बिभाग र पुर्वेली महिला समूह बिर्तामोडकी सदस्य दुर्गादेवी खरेल लगायतले आफ्नो वाचन क्षमता अभिवृद्धिका लागि तालिममा सहभागीता जनाएको सप्तक संगीत बिद्यालयका प्रमुख शरोज वत्सवले बताए।

प्रजातन्त्र, लोकतन्त्र हुँदै प्राप्त गणतन्त्रले हामी महिलाहरुलार्इ चुला चौकाबाट बाहिर निस्कदै सामाजिक क्षेत्रमा समेत आवद्ध भई काम गर्ने र सहभागीता जनाउने प्रसस्त अबसर प्रदान गरे अन्तर निहित क्षमता र उद्घोषण कलाको बिकास हुननसक्ता महिलाहरु अधिकार र अबस, पाएर पनि अघि बढ्न नसकेको यथार्थलाई आत्मसाथ गरि यो तालिममा सहभागीता जनाएको सहभागी मध्येकी स्मिता बजगाइँले बताईन । चैत्र ६ गते बाट सञ्चालित कार्यक्रम १५ गते सम्म सञ्चालन हुने प्रशिक्षक कल्पितले बताए ।

Views: 702

प्रतिक्रिया (०)

सम्बन्धित खबर