Aamsanchar

सुन्दर हरैंचाकी १८ महिने वालिकाको हत्या, न्यायको माग गर्दै चारपानेका महिलाहरु आन्दोलित

Author Image
बिहिवार, चैत १०, २०७८

चारपाने । मोरङ सुन्दर हरैंचा–७ निवासी राजकुमार मण्डलकी छोरी की १८ महिने अवोध बालिका करिस्मा मण्डलको हत्याको विषयलाई लिएर झापा बिर्तामोड–२ चारपानेका महिलाहरु आन्दोलित बनेका छन् ।

बुधबार घटनाको यथासक्य छिटो सत्य,तथ्य छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई दवाव दिदै महिलाहरुले शान्तिपूर्ण र्याली सहित चारपाने बजार परिक्रमा गरि शोकसभा गरेका थिए ।

बलत्कार र हत्याका घटनाहरु दिनहु जस्तो बढी रहेको र यसमा प्रसाशनको तर्फबाट अनुसन्धान सुस्त रहने गरेको र अपराधीहरुले उन्मुक्ति पाईरहेका छन् । यसमा मोरङ प्रसाशन गम्भिर बन्न नसकेको चारपानेका महिलाहरुले आरोप लागाएका छन् ।

घर देखि नजिकै १८ महिनाकी अवोध वालिका अचेत बवस्थामा फेला गरेकी थिईन । वालिकाकोे तिघ्रामा रगत बगेको र आखाँ पल्टाएको अवस्थामा फेला पारेर उपचारको लागि अस्पताल पुर्याए लग्तै डाक्टरले मृत होषित गरेका थिए । घटनाको बारेमा बुझनेहरुले करिस्मा बलात्कृत भएको हुनसक्ने अनुमान गरिएको छ ।

कृति महिला समाजको आयोजना र चारपानेका महिला सम्वद्ध संघ संस्थाहरुको ऐकिवद्धतामा र्याली र शोकसभा आयोजना गरिएको कृति महिला समाजकी अध्यक्ष कुमारी राजवंशीले आमसंचारलाई बताइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 651

प्रतिक्रिया (०)

सम्बन्धित खबर