वासिङटन डिसी – हलिउड अभिनेता विल स्मिथलाई आगामी १० वर्षको लागि ओस्कारमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। उनले हालै सम्पन्न भएको ओस्कारको समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेका थिए। सोही कारणले उनीमाथि प्रतिबन्ध लगाइएको हो।

उनलनई स्मिथलाई आगामी दशकसम्म एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ।

प्रतिष्ठानको पत्रमा उक्त जानकारी दिइएको छ। तर पत्रमा उनलाई ‘किंग रिचर्ड’का लागि दिइएको सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिर्ता लिने वा नलिने भन्ने स्पष्ट उल्लेख छैन। साथै भविष्यमा ओस्कार अवार्डका लागि मनोनयन गरिने वा नगरिने भन्ने विषयमा पनि पत्रमा स्पष्ट उल्लेख छैन। बीबीसी
Views: 488

