तेह्रथुम,

तेह्रथुमकोसंक्रान्ति बजारका अग्नीपीडित परिवारलाई आइतबार मोरङका संघ–संस्थाले राहत रकम उपलब्ध गराएका छन् । संक्रान्ति बजार आइपुगेका मोरङ जिल्लाका संघ संस्थाका प्रतिनिधिले औपचारिक कार्यक्रम गरी १ लाख ३२ हजार रुपौयाँ प्रदान गरेका हुन् ।

बेलबारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी र कोशीहरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईले संक्रान्ति बजार अग्निपीडित राहत वितरण समितिका संयोजक तथा इलाका प्रशासक सफल पोर्तेल, उद्योग बाणिज्य संघ संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेल र अग्निपीडितका प्रतिनिधि दिपेश सिटौलालाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पुस १ गते भएको आग्लागीबाट संक्रान्ति बजारका २४ घर पूर्ण रुपमा क्षति भए । ५ घरमा आंशिक क्षति तथा अन्य ३ वटा टहरा भत्काइएको थियो । आगलागीबाट १४ करोड ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


