Aamsanchar

बिर्तामोडमा तरुण दलले आयोजना गरेको आँखा शिविरबाट चार सय बढी लाभान्भित

Author Image
शनिवार, चैत २६, २०७८

बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित नेपाल तरुण दलले आँखा शिविरमा सम्पन्न गरेको छ ।
बिर्तामोडको कनकाई कलेजमा विहानै देखि सुरु भएको शिविरबाट चार सय भन्दा धेरैले स्वास्थ्य सेवा लिएका छन् ।

मानिसको अति सम्वेदनशिल अंग मध्येको आँखा उपचारको लागि बिर्तामोडमा ठुला सम्मन्न अस्पतालहरु भएपनि बत्तीमुनीको अध्यारो भने जस्तै कयौं सार्वसाधारणले विभिन्न कारणले आँखाको जाँच तथा उपचार गर्न नसकी रहेको अवस्थालाई बुझेर शनिबार नेपाल तरुण दल बिर्तामोड–५ले आँखा शिविर संचालन गरेको तरुण दलका प्रज्जवल बिमलीले बताए ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता तरुण दल विर्तामोडका सभापति दिनेश चौधरीले गरेका थिए । कार्यक्रममा शिक्षा सेवी जयनारायण ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल तरुण दल बिर्तामोडका उपाध्यक्ष विजय लामा, मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जल कुमार गुरुङ्ग, नेपाली काँग्रेस बिर्तामोड नगर सभापती भोजराज सिटौला, समाजसेवी हर्कलाल गिरी लगायतले तरुण दलले गरेको सेवामुखी कामको प्रशंषा गरेका थिए ।

मेची आँखा अस्पतालको प्राविधीक समुहको नेतृत्व नेत्र अधिकृत कविता कार्की कडरियाले गरेकी थिईन ।

कार्यक्रमको औचित्यमाथी प्रकास तरुण दलका रोहीत प्रसाई, संचालन प्रज्जवल विमलीले गरेका थिए ।

शिविरबाट २ सय ५० जनालाई निशुल्क चस्मा र औषधि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 561

प्रतिक्रिया (०)