पूर्वी नेपालको शुन्दर नगर धरान हुदै उत्तर दक्षिणको कोशी राजमार्गमा दैनक हजारौ सवारी साधन आवतजावत र लाखौ मानिसहरु यात्रा गर्ने गर्दछन । यात्रागर्ने सबैलाई धरान सहरको बारेमा जानकारी भएकै हुनुपर्छ । तर इटहरी हुदै धरान सहर प्रवेश हुदा धरान –८ मा पर्ने यो शालिक सबैले देख्ने गर्छन । तर देख्ने धेरैलाई शालिक कस्को हो र कस्ले स्थापना गराएको भन्ने बोरेमा जानकारी नहुन सक्छ ।


वि. सं. १७९८ पहिलेको लिम्बुवान क्षेत्र हालको भारत सिक्किवासी किरातहरुमा बौद्धधर्मको अतिक्रमण हुन लागेको अवस्थालाई महसुसगरी आफ्नो भाषा, लिपी, साहित्य, संस्कृति र धर्मको संरक्षण गर्ने अभियानमा पस्चिम सिक्किममा पुगेका सिक्किम निवासी किरात विभूती त्ये अङ्शी सिरिजङ्गा सिंथेवे लिम्बु (महात्मा सिरिजङ्गा ) को शालिक हो यो ।




तत्कालिन समयमा सिक्किममै सिरिजङ्गाको अभियानलाई मननपराउने समुहका ठाछाङ् लामा लगायतको समुहले, सिरिजङ्गालाई हि–वर्मेक मार्ताम कालिजखोला र रेशीखोला दोभानमा एक रुखमा बाधेर धनुष तिरै तिरले हानेर हत्या गरिएको थियो । महात्मा सिरिजङ्गाले किरातहरुका निमित्त सदैव भलो चिताउदै किरातहरुको मौलिक अस्तित्वलाई जर्गेना गर्ने अभियानमै उनी सहादत भएको,अविस्मरणी योगदानको सम्झना गर्दे किरता याक्थुङ् चुम्लुङको सकृयतामा २०५८ साल कार्तिक १ गते शिलन्यास गरि २०५९ साल पौष ४ गते सिरिजङ्गाको २९९ औं जयन्तीको अवसरमा तत्कालिन माननिय महिला तथा बालबालिका समाज कल्याण मन्त्री गोरेबहादुर खपाङगी मगरवाट अनावरण गरिएको थियो ।
सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

