Aamsanchar

विर्तामोडमा अब मेरो पालोको अडिशन हुदै

Author Image
मङ्गलवार, पौष १२, २०७३

13690981_1128394830560351_502973710230433592_o

पूर्वमा वालवालिका देखी युवासम्मका लागि विभिन्न विधामा विभिद अतिरिक्त सिकाई अभियान भई रहेको अवस्थामा अव मेरो पालो कार्यक्रम पनि संचालन भई रहेको छ । गत बर्ष देखी स्थानिय हिमशिखर टिभीवाट प्रसारण हुदै आएको तृत्यकला प्रतियोगिता अब मेरो पालोको दोस्रो संस्करणकोलागि प्रतियोगी छनौट कार्य अन्तिम चरणमा पुगेको छ ।  पूर्वाञ्चलको पहाडी जिल्ला ताप्लेजुङ, इलाम, धनकुटा, तेह्रथुमवाट  प्रतिभा छनौटकार्य सम्पनगरी गरि  आउदो पौष १५ गते झापा विर्तामोड स्थित फिटनेस वर्ड जिम सेन्टरको हलमा क्षमतावान  झापाली प्रतिभाहरुको छनौट  गर्ने तयारीमा आयोजक जुटेको छ । 

पहिलो बर्ष नृत्य विधालाई मात्र समेटिएको कार्यक्रममा यस बर्ष गायन विधालाई पनि थप गरेर कार्यक्रम संचालनमा ल्याएको आयोजक टिमका लोकेश अधिकारीले बताए । 

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर