

काठमाडाैं- पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । लाहोरस्थितप्रति आतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो ।
Views: 298

