Aamsanchar

आसाममा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु

Author Image
मङ्गलवार, वैशाख ६, २०७९

नयाँ दिली – भारतको आसाम राज्यमा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि भएको भीषण वर्षासंगै परेको चट्याङ्म र हुरीले २३ नागरिकको ज्यान गएको हो।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार चट्याङ र हुरीले दर्जनौँ व्यक्ति घाइते भएका छन्।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ। शुक्रबारदेखिको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

Views: 576

प्रतिक्रिया (०)

सम्बन्धित खबर