Aamsanchar

भारतमा फेरि बढ्न थाल्यो कोरोना, २४ घण्टामा थप २५ सय संक्रमित फेला

Author Image
शनिवार, वैशाख १०, २०७९

एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सयमा संक्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।

दैनिक संक्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४ सय ५१ जनामा मात्र संक्रमण फेला परेको थियो ।

यद्यपि नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७९ रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

Views: 597

प्रतिक्रिया (०)

सम्बन्धित खबर