

विराटनगर – प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।

कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए ।एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका र बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।
Views: 439


